४.१ म्याग्निच्यूडको भूकम्पको धक्का
काठमाडौं,११ असार । शुक्रबार दिउँंसो काठमाडौं उपत्यकाबासीले भुकम्पको धक्का महशुस गरेका छन् । दिउँसो २ बजेर ४५ मिनेटमा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ललितपुरलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्पको धक्का महशुस भएको हो ।
यसअघि बिहीबार राति तीन पटक भूकम्पको धक्का महसुस भएको थियो भने बुधबार दिउँंसो २ बजेर ५९ मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएको भूकम्पको पराकम्प गएको थियो ।