दार्चुला सदरमुकाम बाढीको जोखिममा
काठमाडौं,११ असार । लगातारको भारी वर्षाका कारण महाकाली नदीमा बहाव बढे पछि दार्चुला सदरमुकाममा बाढीको जोखिम बढेको छ । खलंगाका तीन घर बगाएको छ भने केही घर जोखिमपूर्ण छन् । नदीमा पानीको सहत बढेसँंंगै स्थानियमा बाढीको त्रास बढेको छ ।
बाढीका कारण खलङगाको अपी नगरपालिका बंङ्गाबगडका गणेश सिह बोहरा, हरक सिह महरा र गजैसिह महराको घर बगाएको छ भने केही घर जिर्ण रहेका छन । त्यस्तै , नेपालगंजमा लगातारको बर्ष र धेरै वर्षका कारण जलमग्न भएको छ । नेपालगंजमा लगातारको वर्षाका कारणले नेपालजंगलगायत आसपासका क्षेत्रको जनजीवन अस्थव्यस्थ बनेको छ ।
आजै बिहान १ सय ६९ मिलिलीटरको वर्षा र दुई दिनको लागातारको वर्षा पछि नेपालजंगका खजुरा, सीतापुर, हिरीमीनीया लगायतका क्षेत्रमा जलमग्न रहेको छ । सो क्षेत्रमा नेपाल प्रहरीको टोलीले सरसफाई जारी राखेको नेपालगजका प्रमुख अधिकारी देव प्रकाश लेखकले जनाएका छन् ।