Live Streaming

​ तानसेनमा खानेपानीको समस्या

पाल्पा,११ असार । पाल्पाको सदरमुकाम तानसेनको खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरुको चरम लापरवाहीका कारण खानेपानी वितरणमा अनियमितता भएको पाइएको छ । खानेपानीलाई नियमित र व्यवस्थित बनाउन भन्दै तानसेन खानेपानी उपभोक्ता समितिले जिम्मेवारी लिएपछि, तानसेनमा खानेपानीको समस्या झन जटिल बन्दै गएको हो ।

 आफ्नो स्रोत साधनबाट समितिले तानसेनको खानेपानी समस्या समाधान गर्न सक्ने अवस्था छैन । समितिले लिएको जिम्मेवारी अनुसार काम गर्न नसकेपछि उपभोक्ता असन्तुष्ट बनेका छन् ।  सोही समस्याका विषयमा आज तानसेनमा आयोजित सार्वजनिक बहसमा उपभोक्ताहरुले, प्रयाप्त पानी नपाएको आक्रोस व्यक्त गरेका छन् । भूगोलका हिसावले पनि उच्च पहाडी स्थान भएका कारण झनै खानेपानीको समस्या झेल्नुपरेको स्थानीयको गुनासो छ ।