धरान बजार तनावग्रस्त
धरान,११ असार । बिजुलीको वाइरिङ गर्दा करेण्ट लागेर घाइते भएका एक मजदुरको उपचार गर्नुको साटो चप्पल सुघाँएर अस्पताल नलगेका कारण मृत्यु भएको भन्दै स्थानीयबासी नाराबाजीमा उत्रिएपछि धरान बजार तनावग्रस्त बनेको छ । करेण्ट लागेका धरान ८ का २४ वर्षीय डेकबहादुर रानामगरको मृत्यु भएपछि आक्रोषित धरानबासीले धरान औद्योगिक क्षेत्रमा नारावाजी गरी पर्दशन गरेका छन् ।
धरानको औद्योगिक क्षेत्रभित्र संचालनमा रहेको मनकामना बेकरीमा वाइरिङ गर्ने क्रममा हिजो मगरलाइ करेण्ट लागेर घाइते भएका थिए । बेकरी संचालक कमलेश श्रेष्ठले घाइते भएका मगरलाई अस्पताल पुर्याउनको साटो घटना स्थलमै दुइ घण्टा सम्म राखेर छारेरोग लागेको भन्दै चप्पल सुघाँएर लापरवाहि गरेकाले उनको मृत्यु भएको स्थानीयबासीको दाबी छ ।
आक्रोशित नियवासिन्दाले आज धरान औद्योगिक क्षेत्रमा नाराजुलुश सहित पर्दशनमा उत्रिएपछी धरानका २७ उद्योगहरु बन्द भएका छन् । आन्दोलककारीले पिडित परिवारले क्षतिपूर्ति नपाएसम्म र श्रेष्ठलाई कार्वाहि नगरे सम्म उद्योगधन्दा संचालन गर्न नदिने चेतावनी दिएका छन् ।