प्रहरीमाथि गम्भीर आरोप
एजेन्सी,११ असार । दक्षिण अफ्रिकामा सन् २०१२ मा आमहड्तालको क्रममा ३४ जनाको मृत्यु भएको घटनामा त्यहाँंको प्रहरीमाथि गम्भीर आरोप लगाइएको छ । दक्षिण अफ्रिकामा रंगभेद हटाउनका लागि भएको प्रर्दशनमा सबैभन्दा बढी हिस्रक मानिएको सो घटनामा प्रहरीले सिधै प्रर्दशनकारीमाथि गोली प्रहार गरी उनीहरुको हत्या गरिएको आरोप लागेको हो ।
त्यहाँंको जाँच आयोगले सो घटनाका सम्बन्धमा प्रहरीमाथि अनुसन्धान गर्न आदेश दिएपछि त्यहाँंको प्रहरी गम्भीर आरोपमा मुछिएको हो । आयोगले जानाजान प्रहरीले प्रर्दशनकारीहरुमाथि गोली चलाएको बताए पनि प्रहरीले भने आत्मरक्षाका लागि गोली चलाएको स्पष्टिकरण दिएको छ । राष्ट्रपति ज्याकब जुमाले पनि प्रहरीको सो कदम गलत भएको बताएका छन् ।