Live Streaming

नोबेलका प्रशिक्षार्थी पक्राउ

किशोर बुढाथोकी

मोरङ ,११ असार । न्युनतम तलब र धरौटी फिर्ताको माग राख्दै एकसातादेखि आन्दोलनमा उत्रिएका नोबल मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आज बिहान आन्दोलनरत २० प्रशिक्षार्थीहरुलाई आन्दोलनकै क्रममा पक्राउ गरिएको मोरङका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।

अस्पातालको ओपिडि तथा इमर्जेन्सी सेवा बन्द गर्न खोज्दा प्रहरीले उनीहरुलाई अवरोध गरेपछि आन्दोलनरत विद्यार्थी प्रहरी विरुद्ध जाइलागेका थिए । सो क्रममा स्थिती असामान्य बनेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रमुख ढकालले जानकारी दिनुभयो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

तर विद्यार्थीहरुले भने अस्पाताल सञ्चालकहरुले प्रहरी झिकाइ विद्यार्थीहरुलाई पक्राउ गरेको आरोप लगाएका छन् । एक सातायता आन्दोलनमा रहेका प्रशिक्षार्थीहरुले आफुहरुको माग आज सम्ममा सुनुवाई नभए आज अस्पातालका दुवै सेवा बन्द गर्ने यसअघि नै घोषणा गरेका थिए ।