उद्योग संघको राहत वितरण
विराटनगर, ११ असार । कापी तथा स्टेसरी उद्योग संघ विराटनगरले आज भूकम्प पीडितका लागि राहत रकम पठाएको छ । कापी तथा स्टेसनरी उद्योगबाट संकलन गरिएको राहत रकम प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीमार्फत पठाइएको हो ।
संघका पदाधिकारीले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा हुने गरी दुई लाख ४० हजार एक सय ५९ रुपैयाँ राहत रकम बराबरको भौचर प्रजिअ कार्कीलाई हस्तान्तरण गर्नु भएको हो। संघका सचिव गोविन्दबहादुर अधिकारीका अनुसार भूकम्प पीडितका लागि विराटनगरका ३० वटा कापी उद्योगबाट राहत रकम संकलन गरिएको थियो ।