लोक्ता अभावमा नेपाली हाते कागज लोप हुने अवस्थामा
छेटु शेर्पाको सङखुवासभा
संखुवासभा,११ असार । नेपालको पूर्वी पहाडी जिल्लाहरुमा उत्पादन गरिने नेपाली हाते कागज कच्चा पदार्थ लोक्ताको अभावमा बन्द हुन लागेको छ । संखुवासभामा मात्र २ वर्ष अघिसम्म १० बढी उद्योगले कागज उत्पादन गर्ने गरता पनि लोक्ता अभावमा उत्पादन बन्द गरेको छ । नेपालको २६ जिल्लामा मात्र उत्पादन गरिने नेपाली हाते कागज आजभोली लोक्ता अभावमा हुने पक्का भएको हो ।
पुर्वी पहाडी जिल्लाको संखुवासभामा तेह्रथुम, ताप्लेजुङ, भोजपुर खोटाङमा उत्पादन गरिदै आएको छ । सरकारले नेपाली हाते कागजको प्रयोग सबै क्षेत्रमा गर्ने निर्णय गरे पनि कागज उत्पादन बन्द हुने भए पछि संरक्षणका लागि दोस्रो प्रकृया अपनाइएको छैन । कागज राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा दिनानु दिन माग बढी रहेको उद्योगीहरुको भनाइ छ । तर कच्चा पदार्थ अभावले उत्पादन बन्द हुन थालेको हो ।
कागज उत्पादनको मुख्य कच्च पदार्थको रुपमा मानिने लोक्ता पाईन छडेको छ । २ हजार देखि ३ हजारको उचाइमा पाइने लोक्ता संरक्षण नगरिदा मासिएको छ । लोक्ता काट्न लायक बन्नका लागि कम्तीमा २ बर्ष लाग्छ । एक पटक काटेको लोक्ता पुनः काट्ने समय हुन ५ बर्ष बढी लाग्ने उद्योगीहरुको भनाइ छ । आउने समय लोक्ताको नर्सरी र खेती नगर्ने हो भने नेपाली हाते कागज बन्द हुने पक्का छ ।