Live Streaming

बिउ अभावसंँगै किसान समस्यामा

श्रीराम केसी
काभ्रे,१० असार: लामो समयसम्मको खडरी, वर्षा लागेपनि  प्रयाप्त पानि नपर्नाले  जिल्लाको अधिकांश क्षेत्रहरुमा  धानको बिउमा डढुवा रोग लागेर मर्न थालसंँगै किसान समस्यामा पर्न थालेका छन् । भुकम्पका कारण क्रसित किसानहरुले बिउ राख्न ढिला गर्नुका साथै लामो समयसम्मको खडेरीले  ब्याडमा नै बिउ मर्न थालेसँंगै  किसान समस्यामा पर्न थालेका हुन ।भकुण्डेका रामहरी सिवाकोटीले गएको वर्ष यसै समयमा  रोपाईंको चटारो भएपनि यसवर्ष लामो समयसम्म पानी नपर्नु र  भएको विउ पनि डढुवा लागेर  धान रोप्न नपाएको कारण चिन्तीत बन्दै आएका छन् । ‘७ रोपनी खेतका लागी राखेको धानको विउ सवै मरेसंगै खेत बाझो बस्नेभयो ।’ सिवाकोटीले  भावविहोल हुदै भने भुकम्पले घर भत्काएको चिन्ता सकिन नपाउदै खेत बाझो हुने भयो समस्या माथी समस्या थपिदै छ ।

अव विउ कहा खोज्न जाउ फेरी व्याड राखौ भने भ्याईदैन, २ रोपनि खेतमा छिमेकीको बढी भएको विउ ल्याएर रोपेको थिए त्यही पनि डढुवा संगै जरा सुकेर मर्न थाल्यो अव कसरी आफु र परिवार बाच्ने भन्ने चिन्तामा पर्न थालेको  गुनासो गरे । त्यस्तै समस्या भोग्दै आएका पनौती १० का रामशरण भण्डारी पनि रोपेको धान समेत सुकेर मर्न थालेसंगै  चिन्तामा पर्न थालेका छन्  ‘१० रोपनी खेतमा लगाएको धान सवै सुकेर म¥यो कोही डढे कोही कुहिन लागे सवै मर्न लाग्यो ।’ उनले थपे ‘जिल्ला कृषि कार्यलयबाट उन्नत जातको विउ भनेर लगेको सवै सखाप भएर मर्न लाग्यो मेरो लागानी बालुवामा पानी खनाए जस्तो भयो  ’। संकटकालीन अवस्थामा खेतमा  आफुले गरेको एक लाख रुपैया लगानी खेर गएको बताए ।  

तर जिल्ला कृषि विकास कार्यलय धुलिखेल भने भुकम्पका कारण बैशाखमा राख्नुपर्ने व्याड जेष्ठमा राखेका कारण लामो समय सम्मको खडेरी  र रोगका कारणले  रोपेको धानको विरुवा  मर्ने गरेको बताउदै आएको छ ।भुकम्पका कारण धानको ब्याड राख्न ढिला हुनु, लामो समयसम्म खडेरी पर्नाले रोपाई हुन विरुवाहरु मर्न थालेको जिल्ला कृषि विकास कार्यालय काभ्रेका प्रमुख दिपक पौडेलले बताउदै आएका छन् । ‘भुकम्पले घर भत्कीएसंगै क्रासमा रहेका किसनहरुको विउ पुरीनुका साथै भएकाहरुले पनि ढिला गरि व्याड  राख्नु र लामो समयसम्को खडेरीले  समयमै रोपाई हुन नसकेका कारणले  धानको बिउ र विरुवामा समस्या आएको हो ।’

धानको पकट क्षेत्रमा  पाँचखाल पनौती बनेपा कुशादेवी , नाला, रोशी तथा कोशीपारी  क्षेत्रका केही फाटमा मा धान रोपाई शुरु भए पनि भकुण्डे, पाचखालका केही स्थानहरु,माहालेवस्थान ,ज्याम्दी, दोेदालघाट,  देवीटार, र काशिखण्ड नगरपालिकाको  अधिकासं खेतहरुमा पानी र विउको अभावमा रोपाई हुन ढिलाई भएको जिल्ला कृषि विकास कार्यलय धुलिखेलले जनाएको छ । हाल सम्म जिल्लाको २५ प्रतिशत भूभागमा मात्र धान रोपाई सकिएको बाली विकास अधिकृत थर्क जिसीले  जानकारी दिए । 


जिसीका अनुसार  कार्यलयले  भूकम्प पिडित किसानहरुका लागि अनुदनमा ६० मेट्रिक टन धानको  विउ वितरण गरेपनि १५० मेक्ट्रिक्टन माग भएकाले विउको अभाव भएको हुन सक्ने बताए । जिल्लाको उपत्यका क्षेत्र कोशीपारी,तिमाल,मन्डन क्षेत्र, तथा डाँडापारी क्षेत्रहरुमा ११ हजार ३ सय १० हेक्टर जमिनमा  धान खेति गरिदै आएको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ ।