Live Streaming

​चिनियाँं र भारतीय विदेशमन्त्री बीच भेटवार्ता

काठमाडौं,१० असार । काठमाडौंमा जारी अन्तराष्ट्रिय पुननिर्माण सम्मेलनका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री सुस्मा स्वराजबीच भेटवार्ता भएको छ । सम्मेलनको उद्घाटनसत्र लगत्तै होटल सोल्टीमा भएको भेटवार्तामा नेपालको पुननिर्माणमा अन्तराष्र्टि«य समुदाय सँगसँगै चीन र भारत मिलेर नेपाललाई सघाउनेबारे छलफल भएको थियो । यो भेट चिनियाँपक्षको आग्रहमा भएको हो ।

स्रोतका अनुसार भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गत महिना सम्पन्न चीन भ्रमणका क्रममा भारत र चीनबीच भएका सम्झौताको कार्यान्वयनबारे छलफल भएको छ । मोदीको बेइजिङ भ्रमणका क्रममा चिनियाँ प्रधानमन्त्री लि खर्छ्याङ र मोदीबीच छिमेकी हुनुका नाताले नेपालको पुननिर्माणमा मिलेर अघि बढ्ने बारेमा कुरा भएको थियो । आजको भेटवार्तामा पनि उहाँहरुले दुवै देशका प्रधानमन्त्रीबीच नेपालको पुननिर्माण सघाउनेबारे भएको सहमतिलाई कार्यान्वयन गर्न दृढ रहेको प्रतिवद्धता जनाएका थिए  ।