नेपाललाई सहयोग गर्न बानकी मुनको आग्रह
काठमाडौं,१० असार । काठमाडौंमा जारी अन्तराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रसंघका महासचिव बानकी मुनले नेपालमा सहयोग बढाउन अन्तराष्ट्रिय समुदायलाई आग्रह गर्नूभएको छ । सम्मेलनमा भिडियो सन्देश दिदै मुनले अन्तराष्ट्रिय सहयोग जुटाउन आफुले ब्यक्तिगत पहल समेत गर्ने जानकारी दिनुभयो ।
नेपाल पुनः सामान्य अवस्थामा फर्कदै प्रगतिको बाटोमा लाग्ने उहाँको बिश्वास थियो । राष्ट्रसंघको प्रतिनिधित्व गर्दै नेपाली प्रतिनिधि तथा उपमहासचिव ज्ञानचन्द्र आचार्य सम्मेलनमा सहभागी हुनुहन्छ ।