दातृ निकायहरुबाट अपेक्षाकृत सहयोग
काठमाडौं,१० असार । भूकम्पपछि नेपालको पुननिर्माणका लागि अन्तराष्ट्रिय समुदायहरुले अपेक्षाकृत सहयोग गर्नेभएका छन् । भूकम्प पछिको पुननिर्माणका लागि सहयोग जुटाउन नेपाल सरकारले आयोजना गरेको अन्तराष्ट्रिय सम्मेलनमा विभिन्न मुलुक तथा दातृ निकायले करिब ४ खर्ब रुपैया बराबरको सहयोगको बचन दिएका छन । भारतले सबैभन्दा बढी १ खर्ब सहयोगको घोषणा गरेको छ । यो सहयोग रकम मध्ये २५ अर्ब अनुदान हुनेछ ।
यस्तै चीन सरकारले ७६ अर्ब रुपैया सहयोग गर्ने भएको छ । चीनले भूकम्पपछिको नेपालको पुनःनिर्माण पुनःस्थापना र नवनिर्माणमा सघाउन करिब रु ७६ अर्ब २० करोड प्रदान गर्ने घोषणा गरेको छ । विश्व बैंकले ५० अर्ब रुपैयासम्म सहयोग गर्ने भएको छ । यस्तै युरोपियन युनियन(इयु) ले ११ अर्ब रुपैया एडिबीले भूकम्पपछिको पुननिर्माणका लागि २५ अर्ब रुपैया सहयोग गर्ने घोषणा गरेको छ । भविश्यमा थप सहयोग गरेर सहयोग ६० अर्बसम्म पु¥याउन सकिने एडिबीले बचन दिएको छ । उता अमेरिकाले भने १३ अर्ब रुपैया सहयोग गर्ने बचन दिएको छ । नर्वेले १० अर्ब जापानले २६ अर्ब रुपैया सहयोग गर्ने घोषणा गरेका छन् ।