अन्तराष्ट्रिय सहयोगबिना पुर्ननिर्माण सम्भव छैन : मन्त्री पाण्डे
काठमाडौं,१० असार । परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले अन्तराष्ट्रिय सहयोगबिना पुर्ननिर्माणमा सम्भव नभएको बताउनु भएको छ ।भूकम्पपछिको पुनर्निमाणको लागि आयोजित अन्तराष्ट्रिय सम्मेलनमा सहभागिलाई स्वागत गर्दै मन्त्री पाण्डेले भूकम्पपछि पुननिर्माणको लागि चाहिने रकम नेपालले आफ्नो स्रोतबाट गर्न नसक्ने बताए।
अन्तर्राष्ट्रिय क्षेत्रको सहयोग बिना पुर्ननिर्माण सम्भव नभएको उल्लेख गर्दै मन्त्री पाण्डेले पुननिर्माणका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको जानकारी गराउनुभयो ।अन्तरािष्ट्रय क्षेत्रबाट पाप्त हुने सहयोग पूर्ण रुपमा सदुपयोग हुनेमा विश्वस्त हुन सम्मेलनमा सहभागीहरुलाई मन्त्री पाण्डेको आग्रह गर्नुभयो ।