Live Streaming

​बोको हरामद्धारा ४० सर्वसाधारणको हत्या

एजेन्सी,१० असार । नाईजेरियाको उत्तरपुर्र्वी इलाकामा बोको हराम विद्राहीले ४० सर्वसाधारणको हत्या गरेको छ । बोर्नो राज्यको डिबिरो भन्ने स्थानमा बोको हराम विद्रोहीले ती सर्बसाधारणको हत्या गरेको अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

हतियारधारी बोको हरामका लडाकुले सो ईलाकाका घरहरुमा गोली प्रहार गर्दै घरहरुमा आगो लगाई सर्बसाधारणहरुको हत्या गरेका थिए । त्यस्तै योवे राज्यको सीमा नजिक भएको आत्माघाती बम बिष्फोटमा परि कम्तीमा १० जनाको मृत्यु भएको छ । प्रत्यक्षदर्शिहरुका अनुसार करिब १२ बर्षिय बालिकाले शरिरमा बिष्फोटक पदार्थ लिएर मानिशहरुको भिडमा बिष्फोट गराएकी थिईन् । उनी अतिबादि बिद्रोही बोको हरामकै कार्यकर्ता भएको प्रहरीले दावी गरेको छ । सो घटनामा परि २ दर्जन बढी घाइते भएका छन् ।