अब दीगो, भरपर्दाे र जोखियुक्त संचरना निर्माण : प्रधानमन्त्री कोइराला
काठमाडौं, १० असार । प्रधानमन्त्री सुशील कोईरालाले नेपालमा दीगो, भरपर्दो र जोखिममुक्त संरचना निर्माण आवश्यक रहेको बताउनुभएको छ । पुननिर्माणका लागि अन्तराष्ट्रिय सम्मेलनको आज काठमाडौंमा उद्घाटन गर्दै उहाँले जोखिमयुक्त क्षेत्रमा अझैपनि कयौं सर्वसाधारण पुनस्थापनाको पर्खाइमा रहेको उल्लेख गर्नुभयो ।
भुकम्मपपछिको पुर्नस्थापना तथा पुर्ननिर्माणका लागि सरकारसँग उपयुक्त योजना रहेको दावी गर्दै प्रधानमन्त्री कोईरालाले राष्ट्रिय बिपदको अवस्था सामनाका लागि सम्पूर्ण राजनीतिक दलहरु एकजुट भएर लागेको बताउनुभयो । भुकम्पपछि पहिरोलगायतको खतरा समेत तीव्र्र रहेको बताउँंदै प्रधानमन्त्री कोईरालाले आपतकालीन अवस्थामा भारत, चीनलगायत मुलुकले गरेको सहयोगको प्रशंसा समेत गर्नूभयो ।
अन्तराष्ट्रिय क्षेत्रमा नेपाल भ्रष्ट मुलुकमा दर्ज भएपनि प्रधानमन्त्री कोईरालाले भ्रष्टचार न्युनिकरणका लागि वर्तमान सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नूभयो । सम्मेलनमा स्वागत मन्तव्य राख्दै परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भुकम्पपछि भत्किएका संरचना पुननिर्माणका लागि ६ दशमलब ७ मिलियन डलर आवश्यक रहेको जानकारी गराउनुभएको थियो ।
अन्तर्राष्ट्रिय क्षेत्रको सहयोगबिना पुर्ननिर्माण सम्भव नभएको उल्लेख गर्दै मन्त्री पाण्डेले पुननिर्माणका लागि वर्तमान सरकार प्रतिवद्ध रहेको जानकारी गराउनुभयो । अन्तरािष्ट्रय क्षेत्रबाट पाप्त हुने सहयोग पूर्ण रुपमा सदुपयोग हुनेमा विश्वस्त हुन सम्मेलनमा सहभागीहरुलाई मन्त्री पाण्डेको आग्रह थियो ।