Live Streaming

​३४ विदेशी प्रतिनिधिले बसन्तपुर क्षेत्रको अवलोकन गरे

काठमाडौं,९ असार । नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनका सहभागीहरूले आज बसन्तपूर दरवार क्षेत्रको अवलोकन गरेका छन् । काठमाडोंको सेल्टी होटलमा भोली हुन लागेको सम्मेलनमा भाग लिन आज बिहानसम्म काठमाडौं आइपुगेका ३४ जना विदेशीहरूले विश्व सम्पदा सुचीमा सुचीकृत ऐतिहासिक क्षेत्र बसन्तपुरको अवलोकन गरेका हुन् ।

अवलोकनमा सहभागीहरूले नेपालका ऐतिहासिक, पुरातात्विक थलमा भूकम्पले क्षति पु¥एको दुखः व्यक्त गर्दै पुनःनिर्माणका लागि सहयोग गर्न आफू सक्दो पहल गर्ने बताएका छन् ।  अवलोकन भ्रमणमा युनेस्को प्रतिनिधिमण्डलका प्रमुख क्रिस्टिन मार्टिन, जापानी सहयोग नियोग जाइकाका प्रमुख डा आकिहिको तानाका, श्रीलङ्काका विपद् व्यवस्थापन मन्त्री ए एचएम फौजे लगायत विशिष्ट पाहुनहरू सहभागी थिए ।

 भ्रमण गर्न गएको पाहुना टोलीका लागि सरकारले विशेष सुरक्षा सतर्कता अपनाएको थियो । विशिष्ट पाहुनालाई हेलमेट, पञ्जा, मास्क र ज्याकेट लगाई सो क्षेत्रको अवलोकन गराइएको थियो ।