नक्सा पास गर्न सम्बन्धित निकायलाई निर्देशन
काठमाडौं,९ असार । सरकारले भूकम्प अघि निर्माण प्रक्रिया अगाडी बढाएका भवनहरुको नक्सा पास गर्न स्विकृत दिने निर्णय गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले भूकम्प अघि प्रक्रिया अगाडी बढाएका भवनहरुको नक्सा पास गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको हो ।
यसअघि बैशाखमा आएको भूकम्पका कारण असार मसान्तसम्म नक्सा पासमा रोक लगाएको थियो । भूकम्पका कारण धेरै भौतिक संरचनामा क्षति पुगेको भन्दै सरकारले भवन निर्माण मापदण्ड तयार नभए सम्म नक्सा पास नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो । नया मापदण्ड तयार नभए सम्म निर्माणधिन भवन जे जस्तो अबस्थामा छ सोही अबस्थामा यथावत राख्न सरकारले भनेको थियो । तर सरकारले भवन निर्माण मापदण्ड तयार नगरि नक्सा पुरानै मापदण्ड अनुसार पास शुरु गरेको छ ।
मापदण्ड नभएका नगरापालिका र गाविसको हकमा भवन निर्माणको नमुना मापदण्ड २०७१ अनुसार नक्सा पास गर्न र क र ख बर्गको भवन नक्सा पास गर्दा भवन ऐन २०५५ अनुसार नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता भएका इन्जिनियरबाट गराउन र मन्त्रालयले निर्देशन दिएको छ ।