Live Streaming

सर्वोच्च अदातले सीमा उलंघन गर्यो : नेपाल

काठमाडौ,९ असार । एमाले नेता माधवकुमार नेपालले सर्वोच्च अदालतले १६ बुँदे सहमति कार्यान्वयनमा रोक लगाएर सीमा उल्लंघन गरेको आरोप लगाउनुभएको छ । संविधान निर्माण प्रक्रिया कानूनसम्मत भएको नेता नेपालको दावी थियो । 

राजधानीमा आज आयोजित एक कार्यक्रममा नेता नेपालले संक्रमणकालीन अवस्थामा अन्य निकायको अधिकारमा अतिक्रमण गर्ने प्रवृत्ति समेत बढ्दै गएको आरोप लगाउनुभयो । संविधानसभा नियमावली र अन्तरिम संविधानअनुसार १६ बुँदे सहमति भएको दावी गर्दै नेता नेपालले संविधान निर्माण कार्यमा सर्वोच्चले अंकुश लगाउन खाजेको आरोप समेत लगाउनुभयो ।