इलामीबासी जुटे फोहोर व्यवस्थापनमा
तायोनाथ भट्टराई
इलाम, ९ असार । इलाम नगरपालीकाबासीले उत्पादित ६० प्रतिशत फोहोरको व्यवस्थापन आफै गर्न थालेका छन् । ५ दशमलब ७ मेट्रिक टन भन्दा बढी फोहोर, कुहिने र नकुहीने छुट्याएर नगरपालिकाबासीले रासायनीक मलको विकल्पको रुपमा प्रयोग गर्न थालेका हुन ।
इलाममा एक परियोजनाले करिब साढे एक वर्ष लगाएर गरेको अध्यानबाट दैनिक उप्पादन हुने फोहोर मध्ये ५ दशमलव ७ मेट्रिक टन फोहोर मध्ये ६० प्रतिशत स्थानीयले व्यवस्थापन गर्ने गरेको देखिएको हो । नगरबासीले कुहिने फोहोरबाट मल बनाउन थालेपछि नगरपालिका भित्र देखिने फोहोरमा समेत कमी आएको स्वयं उनीहरु बताउँंछन् ।
इलाम सदरमुकामलाई हरित नगर घोषणा गरेपछि स्थानिय बासिन्दा स्वंयमले फोहोरको व्यवस्थापनका लागि आफै पनि पहल सुरु गरेको इलाम नगरपालिकाले जनाएको छ । परियोजनाले हालै गरेको अध्ययनअनुसार नगरका ५ हजार ४ सय ७५ घरपरिवार र ७ सय ४१ संघसस्थाबाट ७२ प्रतिशत कुहिने फोहोर जम्मा हुने गरेको जनाइएको छ ।
करिब चार मेट्रिक टन सो फोहोरबाट बर्षमा १ सय ५० मेट्रिक टन कम्पोष्ट मल उत्पादन गर्न सकिने परियोजनाका फिल्ड अधिकृत साजन न्यौपानेले बताउनुभयो ।