Live Streaming

​धरान तनावग्रस्त

रत्नप्रसाद आचार्य
धरान,९असार । चालकहरुबीच झडप भएपछि सुनसरीको धरान बजार तनावग्रस्त बनेको छ । अवैधानिक रुपमा सिटी सफारी संचालन गरेको भन्दै विरोधमा उत्रिएका टेम्पो चालक र सफारी चालकबीच झडप भएको हो । टेम्पो चालकहरुले अवैधानिक सिटी सफारी संचालन बन्द गर्नुपर्ने माग राखेपछि सिटी सफारी संचालकको समुहले को १ ह २३ नम्बरको टेम्पो चालक किसन राईलाई कुटपिट गरेपछि धरान तनावग्रस्त बनेको हो ।

कुटपिटको विरोधमा टेम्पो चालकहरुले बजारमा प्रदर्शन समेत गरेको सहकर्मी रत्न आचार्यले जानएका छन् । एक सयभन्दा बढी टेम्पोसहित विरोधमा उत्रिएका टेम्पो चालकहरुले सिटी सफारी संघको कार्यालयमा समेत तोडफोड प्रयास गरेका थिए । टेम्पो चालकहरुको आन्दोलनका कारण धरान चतरा सडक खण्डमा यातायातका साधन समेत संचालन हुन सकेनन् । चालकहरुको प्रदर्शनका कारण धरान क्षेत्रको ट्राफिक व्यवस्था समेत अस्तव्यस्त बनेको छ ।