Live Streaming

​प्रधानमन्त्रीको ट्वीटर ह्याक

काठमाडौं,९ असार । प्रधानमन्त्री सुशील कोईरालाको हालै खोलिएको सामाजिक सञ्जाल ट्वीटर एकाउण्ट ह्याक भएको छ । प्रेस सल्लाहकारमा प्रतीक प्रधान नियुक्त भएपछि १३ दिन खोलिएको ट्वीटर एकाण्ट आज ह्याक भएको हो । उहाँले आजै नयाँ एकाण्ट खोल्दै फलोअर्सहरुलाई पर्न गएको असुविधाप्रति क्षमा माग्नु भएको छ ।

पुरानै नाम दिइएर खोलिएको नयाँ एकाउण्ड समेत सञ्चालन गरेको भन्दै प्रधानमन्त्रीले ट्वीट गर्नुभएको छ । पुरानो ट्वीटमा उहाँलाई ११ हजार बढीले फलो गरेका थिए । आफ्नो एकाउण्ट मार्फत प्रधानमन्त्रीले आफना गतिबिधिका साथै देशविदेशका विकसित घटनाबारे धारणाहरु सार्वजनीक गर्दै आउनुभएको थियो ।