Live Streaming

​नेत्र विक्रमका कार्यकर्ता पक्राउ

काठमाडौं,९ असार । अन्तराष्ट्रिय दाता सम्मेलनको पूर्वसन्ध्यामा राजधानीमा प्रदर्शन गरेको भन्दै प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका २८ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

चीन र भारतबीच लिपुलेकमा व्यापार नाका खोल्ने सम्झौता खारेजीको माग गर्दै सुन्धारामा प्रदर्शन गरिरहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हनुमानढोका प्रहरी परिसरका प्रवक्ता विश्वराज पोख्रेलले जानकारी दिनुभयो । तिलक परियारको नेतृत्वमा नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका कार्यकर्ताहरुलाई सुरक्षा व्यवस्थामा खलल पुग्ने कार्य गरेको भन्दै नियन्त्रणमा लिनु परेको प्रहरीले जनाएको छ ।