Live Streaming

​सञ्जयकुमारको मुद्दाको आज सुनुवाई हुँंदै

मनिका झा
जनकपुर,९ असार ।  जनकपुर बमकाण्डका अभियुक्त एवं निलम्बित सभासद सञ्जयकुमार शाहको मुद्दामा सर्वोच्च अदालतले आज सुनुवाई गर्दैछ । न्यायाधीश चोलन्द्र समशेर राणा र जगदीश शर्मा पौडेलको इजलासले शाहको मुद्दालाई निरन्तर सुनुवाईको सूचीमा राखेको छ ।

प्रधानन्यायधीश रामकुमारप्रसाद शाहको कार्यकाल सकिन करिब दुई साता मात्र बाँकी रहेकाले यो सुनुवाई महत्वपूर्ण भएको सर्वोच्च स्रोतको भनाई छ । शाहको मुद्दामा अहिलेसम्म दर्जनौ पटक पेसी चढ्दै र सर्दै आएको छ । यो मुद्दा अन्ततः शाहले राणा र पौडेलको इजलासमा तोकिदिए पनि आज सुनुवाई हुन लागेको हो । 


मधेशमा आतंक मच्चाउँदै आएका तराइ जनतान्त्रिक पार्टीका कमाण्डर मुकेश चौधरी पक्राउ परेको दुई साता पछि उनैले दिएको बयानका आधारमा साहलाई प्रहरीले पक्रेको थियो । मिथिला राज्यको माग गरेर अनसनमा बसेकाहरुलाई लक्षित गरी फ्याकिएको बम विष्फोट हुँदा २०६८ साल बैशाख १८ गते जनकपुरमा पाँचजनाको मृत्यु भएको थियो भने ३२ घाइते भएका थिए ।