Live Streaming

विदेशीले प्रधानमन्त्रीलाई व्यस्त बनाउने

काठमाडौं, ९ असार ।
नेपालको पुर्ननिर्माणका लागि अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन काठमाडौं आएका बिदेशी प्रतिनिधिहरुले आज प्रधानमन्त्री सुशील कोईरालालाई छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन् । अपरान्ह साढे १२ बजे काठमाडौं उत्रन लागेको चिनियाँ टोलीले ४ बजे प्रधानमन्त्री कोईरालालाई वालुवाटारमा भेट्ने कार्यक्रम छ । १० सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं आउन लागेका चिनियाँ बिदेश मन्त्री वाङ्ग यी ले राष्ट्रपति रामवरण यादवसँग समेत भेटवार्ता गर्ने कार्यक्रम छ ।


यस्तै भारतीय बिदेश मन्त्री सुस्मा स्वराजले समेत प्रधानमन्त्री कोईरालासँग आजै भेट्नु हुने प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो । साँझ ६ बजे काठमाडौं आईपुग्ने स्वराज नेतृत्वको टोली सिधै वालुवाटार जानेछ ।


यस्तै राष्ट्रसंघका उपमहासचिव ज्ञानचन्द्र आचार्य र राष्ट्रसंघीय मानवीय उद्दार संयोजक जेमी म्याकगोल्डरिकले अहिले केहीबेरमा प्रधानमन्त्रीसँग भेट गर्दै हुनुहुन्छ । जापानका बिदेश राज्यमन्त्री मिनोरु कियोचीले अपरान्ह ३ बजे तथा नर्वेका बिदेशमन्त्री बर्ग ब्रेन्डले साँझ ५ बजे प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम रहेको छ ।


यसअघि बिहान रेड क्रस र रेड क्रिसेन्टका प्रतिनिधिहरुले प्रधानमन्त्रीलाई वालुवाटारमा भेट गरी दाता सम्मेलनको उद्धेश्यबारे जानकारी लिएका थिए ।