आत्मघाती बम बिष्फोटमा कम्तीमा ३० जनाको मृत्यु
एजेन्सी । नाइजेरियाको एक व्यस्त बजारमा भएको आत्मघाती बम विष्फोटमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । नाइजेरियाको उत्तरर्पू राज्य माइदुगुरीमा दुई आत्माघाती महिलाले सो विष्फोट गराएको बीबीसीले जनाएको छ । सो विष्फोटमा अन्य दर्जनांै घाइते भएका छन् ।
एक स्थानीय मस्जिदमा प्राथनाका लागि उपस्थित भीडमा आत्मघाती आक्रमणकारीले सो विस्फोट गराएका थिए । सुरुमा एक महिलाले विष्फोट गराएपछि भागदौड मच्चीरहेको समय अर्को विष्फोट भएको अधिकारीहरुले बताएका छन् । बोको हरामको उद्गम स्थल सो इलाकामा भएको आत्माघाती आक्रमण बोको हरामले नै गराएको अधिकारीहरुले दावी गरेका छन् । यद्यपी सो समुहले भने आक्रमणको जिम्मा हालसम्म नलिएको बीबीसीले जनाएको छ ।