ओली आज मध्यान्ह फर्कदै
काठमाडौं, ८ असार । नियमित स्वास्थ्य परिक्षणका लागि एकसाता अघि थाइल्याण्ड जानुभएका एमाले अध्यक्ष केपी शर्मा ओली आज मध्यान्ह फर्कदै हुनुहुन्छ । अध्यक्ष ओलीले बैंकक र सिंगापुरका अस्पतालमा स्वास्थ्य परिक्षण गरेर अहिले साढे १२ बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको उहाँका सहयोगीले जानकारी दिएका छन् ।
ओलीको स्वास्थ्यमा तत्काल कुनै समस्या नभएको र स्वास्थ्यमा सोचेभन्दा राम्रो सुधार भएको चिकित्सकहरुले जनाएका छन् । अध्यक्ष ओली गत बैशाख दोश्रो साता नै नियमित स्वास्थ्य परिक्षणका लागि बैकक जाने तयारी गरेपनि भुकम्प र राजनीतिमा भएको विकासक्रमले गर्दा रोकिएको थियो ।