गर्मीका कारण मृत्यु हुनेको संख्या ४ सय पुग्यो
एजेन्सी । पाकिस्तानमा अत्याधिक गर्र्मीका कारण मृत्यु हुनेको संख्या ४ सय नाघेको छ । दक्षिणी पाकिस्तानको कराँचीमा केहि दिनयता बढेको उच्च तापक्रम यथावत रहेपछि त्यहाँं सर्वसाधारणहरुको मृत्यु हुने क्रम जारी रहेको पाकिस्तानी अधिकारीहरुले बताएका छन् ।
रमदानको प्राथनाका लागि मस्जिदमा भेला भएका दर्जनौ सर्वसाधारणको अत्याधिक गर्र्मीका कारण हिजो मृत्यु भएपछि मृतकको संख्या बढेको हो । अत्याधिक गर्मीकै कारण त्यहाँंका विभिन्न अस्पातालहरुमा ३ हजारभन्दा बढी बिरामी भर्ना गरिएको छ । तापक्रम बढेसंँंगै त्यहाँं तातो हावा लु चल्न नरोकिएपछि त्यहाँंको जनजीवन थप अस्तव्यस्त भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।