एमालेले आज पर्यटन प्रवद्र्धन र्याली निकाल्दै
काठमाडौं, ८ असार । एमालेले आज देशका प्रमुख पर्यटकीय क्षेत्रमा पर्यटन प्रवद्र्धन ¥याली गर्दैछ । राष्ट्रिय स्वयंसेवक अभियानअन्तर्गत एमालेले सबै केन्द्रीय नेताहरुलाई परिचालन गरेको छ । भूकम्पका कारण पर्यटन क्षेत्रमा ठूलो क्षति भए पनि भत्किएका संरचना पुनर्निर्माण र सुरक्षित गन्तव्यहरूको प्रबद्र्धन गरी नेपाल पर्यटकहरूका लागि सुरक्षित र आकर्षक गन्तव्यका रुपमा कायमै छ भन्ने सन्देश प्रवाह गर्न अभियान आयोजना गरिएको सचिव एबं अभियान संयोजक गोकर्ण विष्टले जानकारी दिनुभयो ।
भुकम्पपछि पयर्टकीय गतव्यहरु असुरिक्षत र ध्वस्त भएको भ्रम परिरहेका बेलामा एमालेले त्यस्तो नभएको सन्देश दिन अभियान सुरु गरेको हो । वसन्तपुरमा हुने कार्यक्रम पदयात्रा गरी विभिन्न झाँकीहरूका साथ ४ बजे ठमेल पुगेर परिणत हुने साँस्कृतिक कार्यक्रमलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ । त्यसैगरी जनकपुरधाम, धनुषामा बरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा टोली परिचालित हुनेछ ।