Live Streaming

​भारत विरुद्ध बंगलादेशको ऐतिहासिक जीत

एजेन्सी,७ असार । भारत विरुद्धको एक दिवसीय श्रृंखलामा बंगलादेशले ऐतिहासिक जित हासिल गरेको छ । मिरपुरमा भारत विरुद्धको दोश्रो खेलमा ६ विकेटको जित निकाल्दै घरेलु टोलीले  ऐतिहासिक जित हासिल गरेको हो । वर्षाले प्रभावित खेलमा टस जितेको भारतले पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

उसका लागि शिखर धबनले ५३,कप्तान महेन्द्र सिंह धोनीले ४७, र सुरेश रैनाले ३४ रन बनाएका थिए । अन्य ब्याट्सम्यानको प्रर्दशन सम्झनलायक रहेन् । भारत ४५ ओभरमा अलआउट हुदै २ सय रनमा समेटिएको थियो । भारतलाई कम स्कोरमा समेट्ने क्रममा मुस्ताफिजुर रहमानले ६ विकेट लिए ।

भारतबिरुद्धको पहिलो एक दिबसिय खेलमा डेब्यु गरेका रहमानले पहिलो खेलमा ५ विकेट लिएका थिए । त्यस्तै नासिर हुसैन र रुबेल हुसेनले २–२ विकेट हात पारे । बर्षाले केहि अबरुद्ध पारेको खेलमा डक बर्थ लेबिस मेथडका आधारमा बंगलादेशलाई  ४७ ओभरमा २ सय रनको नयाँ लक्ष्य दिईएको थियो ।

सो लक्ष्य उसले ३८ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको थियो । उसको जितमा सकिब अल हसनले ५२,लिटोन दास ३६, सौम्य सरकार ३४ र मिसाफिजुर रहमानले ३१ रनको योगदान दिएका थिए ।  यि दुई देशबिचको तेश्रो तथा अन्तिम एकदिबसिय खेल पर्सि ढाकामा हुनेछ । यसअघि पाकिस्तान बिरुद्धको एकदिबसिय खेल पनि बंगलादेशले क्लिनस्विप गरेको थियो ।