ढिडो खाएर सुतेका एकैपरिवारका ४ जना गम्भीर बिरामी
मनिष दुवाडी
पिडा (धादिङ),७ असार । पिडा गाउँ विकास समितिको वडा नं ८ मा आइतबार खाना खाएर सुतेका एकै परिवारका ४ जना बिरामी परेका छन् । आइतबार साँझ खाना खाएर सुतेका स्थानी य ८५ वर्षीय लालबहादुर रुम्वाको परिवार एक्कासी बिरामी परेपछि स्थानीयहरुले नजिकैको स्वास्थ्य चौकी पु¥याएका थिए । मकैको ढिडो र गुन्द्रुक खाएर सुतेका लालबहादुरको परिवार नै रिामी परेका थिए ।
बिरामी हुनेहरुमा लालबहादुरका छोरा ४२ वर्षीय सोम बहादुर रुम्वा, बुहारी ४० वर्षीय सानुमाया रुम्वा र नाति १५ वर्र्षीय नक्कले रुम्वा रहेका छन् । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक हेमन्त भण्डारी क्षेत्रीले भने, ‘खाना खाएर सुतेपछि बान्ता गर्ने र बेहोस हुने भएपछि नजिकैका स्थानीयहरुको सहयोगमा उनीहरुलाई स्वास्थ्यचौकी ल्याइएको हो । यहाँ सामान्य उपचार पछि उनीहरुलाई थप उपचारको लागि काठमाडौस्थित मनमोहन मेमोरियल अस्पताल पठायाँै ।’ खाना खाएर सुतेको भएपनि खानामा कुनै विषादी मिसाइएको वा अन्य के कारणले बिरामी परेको हो भनेर अनुसन्धान भइरहेको क्षेत्रीले बताए ।
बिरामी भएकाहरुमध्ये लालबहादुरको अवस्था चिन्ताजनक रहेको र अरुको अवस्था सामान्य रहेको परिवारले जानकारी दिएका छन ।३ महिना अघिमात्र पिडा गाउँ विकास समितिकै पुकुनमा विषादी मिसाइएको रोटी खाएर एकै परिवारका ६ जनाको मृत्यु भएको छ । विषादी मिसाइएको रोटी खाएपनि कुन विषादी हो भनेर अहिलेसम्म कुनैपनि निकायले सार्वजनिक गरेका छैनन ।
विषादीसम्वन्धी स्थानीयहरुमा जनचेतना कम हुदा अकालमा नै मानिसहरुले ज्यान गुमाइरहे पनि स्थनीयहरुलाई सचेत बनाउनको लागि सरोकारवाला निकायहरुले कुनै पनि अभियान चलाएका छैनन ।
यतिबेला दक्षिणी धादिङको विपन्न वर्गका स्थनीयहरु रहेका ठाउँमा खाद्यान्न संकन हुने सिजन भएकाले विषादी मिसाएर बीउ राखेका अन्नपातहरु पनि खाँदा बिरामी पर्ने र मृत्यु समेत हुने गरेको छ । यसअघि गत शनिवार त्रिपुरेश्वर गाउँ विकास समितिको मसारमा पनि जंगली च्याउ खाएर एकै परिवारका ४ सहित ६ जना विरामी परेका थिए । बर्षायाम सुरु भएसंगै जताततै च्याउ उम्रन सुरु भएको बन जङगलमा पाइने च्याउ मानिसहरुले कुन खान हुने र कुन खान नहुने छुट्टयाउन नसक्दा मानिसहरुको ज्याानै समेत जाने गरेको छ ।