सेनाले खरिद गरेका दुई हेलिकप्टरको उडान सुरु
काठमाडौं,७ असार । नेपाली सेनाले रुसबाट खरिद गरेको अत्याधुनिक एम आइ ज्ञठ हेलिकप्टरले उडान थालेको छ । त्रिभुवन विमानस्थलस्थित सैनिक हवाइ महानिर्देशनालयमा विहान आयोजित विशेष समारोहमा प्रधानमन्त्री सुशील कोइरालाले हेलिकप्टरको सेवा आरम्भ गर्नुभयो ।
सेवा सुरु गरेलगत्तै नेपाली सेनाले नयाँ हेलिकप्टरको टेष्ट फ्लाइट र भूकम्पपीडितलाई राहत बाँड्न प्रधानमन्त्री कोइराला, उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम, उपप्रधान तथा स्थानीय विकाश मन्त्री प्रकाशमान सिंह, पर्यटनमन्त्री कृपाशुर शेर्पा र प्रधानसेनापति गौरवशम्सेर राणा लगायतको टोली धादिङको झार्लाङ पुगेको छ । मन्त्रिपरिषदको २०५९ फागुन १४ को निर्णयानुसार नेपाली सेनालाई सुरक्षा र प्रतिरक्षाका लागि रुसबाट दुईवटा एमआई ज्ञठ हेलिकोप्टर खरिद गर्न सरकारले अनुमति दिएको थियो ।