जोखीम र त्रासमा कैदीबन्दी
श्रीराम केसी
काभ्रे भुकम्पले छिया छिया भई चर्किएको भवनमा जिल्ला कारागार धुलिखेलमा क्षमताभन्दा तीन गुणा बढी कैदी बन्दीहरु राखिंदै आएको छ । साघँुंरो र जीर्ण अवस्थामा रहेको कारागारमा ६० जना कैदीबन्दी को क्षमता भएपनि भवन र ठाउँंको अभाव देखाउँंदै काराघार शाखाले क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको हो ।
‘काराघारको क्षमता ६० जनाको हो, तर ठाउँको अभावमा साघँुंरो ठाउँ भएपनि एक सय ७३ जना बन्दीहरु राख्नु परेको छ ।’ जिल्ला कारागार शाखाका अधिकृत महेश कुमार पोखरेल भन्छन् ‘कहिलेकाही त २ सयजनासम्म पुग्ने गर्छन् ।’ साघँुंरो र भुकम्पले जीर्ण अवस्थामा पु¥याएको कारागारमा कैदीहरुका लागि खान, बस्न, शौचालय जान र आवश्यक सुविधासमेत दिन कठिन हुने गरेको बताए ।
१९९० अघि राणकालीन समयमा ३ रोपनी क्षेत्रफलमा घोडाहरु राख्नका लागि निर्माण गरिएको उक्त भवनहरु भुकम्पले जीर्ण हँुंदासमेत मर्मत सम्भार नगरी जोखीम भवनहरुमा क्षमताभन्दा तीन गुणा कैदीबन्दीहरु राख्दा पीडा र समस्या झेल्दै आएका छन् ।
जिल्ला कारागार काभ्रेमा ६० जानको मात्र क्षमता छ भन्ने कुरामा केन्द्रिय कारागार विभाग पनि अनविज्ञ छैन । तर आफै क्षमताभन्दा बढी बन्दी राख्न सिफारीस गर्नु मानव अधिकारविरुद्ध भएको मानवअधिकार कर्मी भोजराज तिमल्सिना बताउँंछन् । मानसीक अवस्था ठिक नभएकाहरुलाई त अस्पतालमा राख्नुपर्ने हो, तर कारागारमा राखिएको छ, यो त सरसर मानव अधिकार विरुद्ध हो यस विषयमा सबैले चासो दिनुपर्छ ।
सुरक्षाको दृष्टिकोणले क्षमताभन्दा बढी बन्दी राख्नाले व्यवस्थापनमा समेत कठीनाई हुँंदै गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवत्ता (डिएसपी राजकुमार केसीले भने जसोतसो व्यवस्थापन गरिरहेको छांं ।जीर्ण भवनमा भुकम्प आउने डरसंगै जोखीम समेत बढ्दै गएको छ ।
‘खान, बस्न र शौचालय जानका लागि धेरै समस्या हुने गरेको छ ।, २४ सै घण्टा भत्किएको भवनमा बस्दा मानसिक र शारीरिक रुपमा हामी बिरामी पर्दै आएका छौ ।’ कारागारका एक बन्दीले भने ‘हामी पशु हौं या मानव । सरकारले कारागार कदीमैत्रीपूर्ण हुनुपर्ने व्यवस्था गरेपनि क्षमताभन्दा तेब्बर कैदी हुनु न्युनतम आवश्यकता नहुने कारणले जीर्ण र साघँुंरो कारागारभित्र समय समयमा बन्दीहरु बीच हुने झगडा कुटपीट र साधारण व्यवस्थापनमा समेत समस्या बढ्दै गएको छ ।
सुरक्षा व्यारेक र पोष्ट नभएका कारण सुरक्षाको हिसावले समेत जोखीम बढ्दै गएको छ । कारागारमा मानसीक सन्तुलन गुमेका २७ जना बन्दीहरु नियमीत औषधि प्रयोग गर्ने गरेका छन् । उनीहरुको मानसिक सन्तुलनका लागि चेकजाच गर्न डाक्टर आउने व्यवस्था भएपनि केही वर्ष अगाडीदेखि डाक्टर नआउँंदा मानसिक बिरामीहरु औषधीको मात्रा छुटन गई झन् बिरामी पर्न थालेको कारागार शाखाका एक कर्मचारीले जानकारी दिए ।
जिल्ला कारागारामा मानसिक सन्तुलन गुमेका,जबरजस्ती करणी, कर्तव्य ज्यान, लागूपदार्थ ओसापसार, चोरी डाका,ज्यान मार्ने उद्योग, सवारी ज्यान, सार्वजनीक मुदा, अपहरण तस्करीलगायत बन्दीहरु राखिएका छन् । कारागारमा गोर्खा, नुवाकोट, काभ्रेका ७ सय ७० जना कैदीबन्दी रहेका छन् ।