Live Streaming

अत्याधिक गर्मिका कारण पाकिस्तानमा १ सय २२ जनाको मृत्यु

असार ७, एजेन्सी ।  
पाकिस्तानमा अत्याधिक गर्मिका कारण कम्तीमा १ सय २२ जनाको मृत्यु भएको छ । दक्षिणी प्रान्त कराँची सहित आसपासका क्षेत्रमा उच्च तापक्रम पुगेपछि सर्बसाधारणको मृत्यु हुने क्रम बढेको हो । त्यहाँ तातो हाबा पनि चल्न सुरु गरेपनि जनजिबन थप अस्तब्यस्त बनेको अधिकारीहरुलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।

कराँचीका जिल्लाहरुमा ४५ डिग्रि सेल्सियसभन्दा उच्च तापक्रम पुगेको बताईएको छ । गर्मिका कारण सयौ बिरामी परेको बताईएको छ । सन् १९७९ पछिको उच्च तापक्रम भएपछि त्यहाँका २० लाख मानिस त्यसको प्रत्यक्ष प्रभाबमा परेका छन् ।