जाग्यो बंगलादेश
असार ७, एजेन्सी ।
भारत बिरुद्धको एक दिबसिय श्रृखलामा बंगलादेशले ऐतिहासिक जित हासिल गरेको छ । दोश्रो वन डेमा ६ विकेटको जित निकाल्दै घरेलु टोलीले भारत बिरुद्धको वन डे सिरिजमा ऐतिहासिक जित हासिल गरेको हो । उसले ३ म्याचको सिरिज एक खेल अगावै २–० ले आफ्नो पक्षमा पा¥यो । बर्षाले प्रभाबित खेलमा डर्क वर्थ लेसिका आधारमा ४७ ओभरमा २ सय रनको लक्ष्य बंगलादेशले ३८ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको थियो । उसको जितमा सकिब अल हसनले नटआउट ५२, लिटोन दास ३६, सौम्य सरकार ३४ र मुस्फिकर रहिमले ३१ रनको योगदान गरे ।
यसअघि दोस्रो अन्तराष्ट्रिय वन डे खेलिरहेका मुस्ताफिजुर रहमानले ६ विकेट लिएपछि मीरपुरमा टस जितेर ब्याटिङ्ग गरेको ईण्डिया ४५ ओभरमा २ सय रनमा समेटिएको थियो । शिखर धबनले ५३, कप्तान महेन्द्र सिंह धोनीले ४७ र सुरेश रैनाले ३४ रन बनाए । आफ्नो स्पेलमा ४३ रन खर्चिएर ६ विकेट लिएका रहमान करियरकै अघिल्ला दुई म्याचमा ११ विकेट लिने पहिलो बलर बनेका छन् । डेब्यु म्याचमा समेत गत बिहीवार उनले ईण्डियन ५ ब्याट्सम्यानलाई आउट गरेका थिए । नासिर हुसैन र रुबेल हुसेनको नाममा गएारती २–२ विकेट रह्यो ।
यी दुई देशबिचको तेश्रो तथा अन्तिम एकदिबसिय खेल पर्सी ढाकामा हुनेछ । सो म्याच समेत आफ्नो पक्षमा पारे बंगलादेशले यही बर्ष एसियाली दुई राष्ट्र बिरुद्धको वन डे सिरिज क्लिनस्वि गर्नेछ । यसअघि पाकिस्तान बिरुद्धको एकदिबसिय खेल पनि बंगलादेशले क्लिनस्विप गरेको थियो ।