ब्राजिल, कोलम्बिया र पेरु क्बाटरफाईनलमा
असार ७, एजेन्सी ।
भेनेजुएला माथि २–१ को जित निकाल्दै ब्राजिल कोपा अमेरिका कप फुटबलको क्बाटरफाईनलमा प्रबेश गरेको छ । लिग चरणको अन्तिम खेलमा नियमित स्टाईकर नेयमार बिना नै मैदान मैदान उत्रिएको ब्रजिलले ९ औ मिनेटबाट अग्रता लिएको थियो । कर्नर प्रहारमा थिएगो सिल्भाले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ५२ औ मिनेटमा रोबर्टो फिरमिनोले गोल थप्दै टोलीलाई २–० को स्थितीमा पुयाएका थिए । खेलको ८४ औ मिनेटमा १ गोल फर्काएपनि अन्य मौकाको सदुपयोग गर्न नसक्दा भेनेजुएलाको यात्रामा पुर्णबिराम लाग्यो । क्वाटरफाईनलमा ब्राजिलले पाराग्बेसंग प्रतिस्पर्धा गर्नेछ ।
समुह सी अन्तरगत नै गएराती भएको अर्को खेलमा कोलम्बिया र पेरुले गोलरहित बराबरी खेल्दै अंक बाढेका छन् । बराबरीपछि पनि दुबै टोली समान ४ अंक सहित क्बाटरफाईनलमा प्रबेश गरेका छन् । क्बाटरफाईनलमा कोलम्बियाले अर्जेन्टिनासंग प्रतिस्पर्धा गर्नेछ भने पेरुले बोलिभियालाई प्रतिद्धन्दी पाएको छ ।