Live Streaming

अफ्गानिस्तानको एक जिल्ला तालेबान बिद्रोहीको नियन्त्रणमा

असार ७, एजेन्सी ।
अफगानिस्तानको कुजुद प्रान्तको एक जिल्ला तालेबान बिद्रोहीले नियन्त्रणमा लिएका छन् । लगातारको आक्रमणपछि हिजो उनीहरुले सो जिल्लामा पुर्ण नियन्त्रण राखेका हुन् । नेटो गठबन्धन सेनाले छाडेपछि अफगान सुरक्षामा यो नै सबैभन्दा ठुलो नोक्सान भएको अधिकारीहरुले बताएका छन् । उनीहरुले सो जिल्ला तालेबानको कब्जाबाट मुक्त गराउन थप सैनिक परिचालन गर्ने बताएका छन् ।

पुरै जिल्ला बिद्रोहिको नियन्त्रणमा गएपछि त्यहाका सर्बसाधारण तात्रमा रहेको बीबीसीले जनाएके छ । बिद्रोहीले ३६ घण्टासम्मको लडाँई पछि जिल्ला आफ्नो नियन्त्रणमा लिएको घोषणा गरेका थिए । सो क्रममा ३ सुरक्षाकर्मी र १७ बिद्रोही मारिएको अधिकारीहरुले बताएका छन् ।