अछामका २१ विद्यालयको नतिजा न्यून, विद्यामन्दिर सर्वोत्कृष्ट
शिवराज खत्री
अछाम, ५ असार । एस वर्षको एसएलसी परीक्षामा अछामका २१ विद्यालयले नतिजा १० प्रतिशतभन्दा कम नतिजा ल्याएका छन् । १ संस्थागत र १ खुल्ला गरी ९२ विद्यालय एसएलसी परीक्षामा सहभागी भएकामा २१ विद्यालयको नतिजा १० प्रतिशत भन्दा कम रहेको छ । जिल्ला भरमा विशिष्ट श्रेणीमा उत्र्तिण भएका २ विद्यार्थी मध्य १ विद्यार्थी बिशिष्ट श्रेणीमा उत्र्तिण गराएको भुवनेश्वरी मावि कुईकाको नतिजा सबै भन्दा कम रहेको छ । २८ परीक्षार्थीले परिक्षा दिएकामा भुवनेश्वरी मावि कुईकाबाट विशिष्ट श्रेणीमा १ वाहेक अरु कोही पनि उत्र्तिण हुन सकेनन्
। १० प्रतिशत भन्दा कम नतिजा ल्याउने अन्य विद्यालयमा कात्यायनि मावि विरपथ, मंगलानेरा उमावि वलीगाउ, कृष्ण मावि नवाठाना, जाल्पादेबी मावि जनालीवण्डाली, महाकालि मावि कुईका, नेपाल राष्टिय मावि बयाला, कालिका मावि हात्तिकोट, अष्टशिद्धि मावि ढुंगाचाल्ना, विश्वज्वती मावि तुर्माखाँद, बिन्धेवासीनी मावि दर्ना, पूर्णचन्द्र उच्च मावि भटाकाटिया, बिन्देश्वरी मावि सुतार, सरिता मावि शान्तडा, मनकामना मावि बलाँता, बसुन्धरा उमावि रहफ, तोषी मावि तोषी, कामेश्वरी मावि रानीबन, अन्नपूर्ण उमावि कालागाउँ, पार्वती मावि बान्नातोली र कालिका मावि जुपु रहेका जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ ।
यस्तै वर्ष विद्यामन्दिर उच्च मावि बिनायक अछाम जिल्लामै सबैभन्दा धेरै विद्यार्थी उत्र्तिण गर्न सफल भएको छ । बिनायकबाट यस बर्ष ८१ दशमलव ३९ प्रतिशत विद्यार्थी उत्र्तिण भएका छन् । कुल ८६ परिक्षार्थी परीक्षामा सहभागि भएकामा प्रथम श्रेणीमा १७, दृतिय श्रेणीमा ५२ र तृतिय श्रेणीमा १ गरी ७० विद्यार्थी उत्र्तिण भएका छन् । बिनायक पछि नवज्वती मावि लयाँटीले ६४ प्रतिशत विद्यार्थी उत्र्तिण गरी दृतिय भएको छ ।
कुल ५१ परीक्षार्थीले परीक्षा दिएकामा लयाँटीबाट प्रथम श्रेणीमा ९, दृतिय श्रेणीमा २१ र दृतिय श्रेणीमा ३ गरी ३३ विद्यार्थी उत्र्तिण भएका छन् । यस्तै सूर्यचन्द्र उमावि कालिमाटी र चक्रेश्वरी मावि मष्टावण्डालीले समान ६२ दशमलव ७१ प्रतिशत विद्यार्थी उत्र्तिण गराएका छन् । प्रभाधम्कोट उमावि सिद्देश्वरले ५७ दशमलव १४ प्रतिशत र धन्वतन्तरी मावि तोलीले ५१ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्र्तिण गराएका छन् । यस बर्ष भने अछाममा कुनै पनि विद्यालयको नतिजा शुन्य भएको छैन ।