Live Streaming

प्रवेशिका परीक्षामा काभ्रेमा ६६ प्रतिशत उर्तिण

श्रीराम केसी
काभ्रे,६ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले शुक्रबार प्रकाशन गरेको २०७१ सालको प्रवेशिका परीक्षाको नतिजामा काभ्रेका ६६ दशमलव ६९ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । परीक्षामा सहभागी ७ हजार ८ सय ७१ जना परिक्षार्थी मध्ये ५ हजार २ सय ४९ जना उर्तिण भएको जिल्ला शिक्षा कार्यलयले जनाएको छ ।

पास भएकाहरु मध्ये विशिष्ठ श्रेणीमा ६ सय १९ जना, प्रथम श्रेणीमा २५ सय १७ जना, दृतिय  श्रेणीमा २ हजार ३५ जना र तृतिय श्रेणीमा ७८ जना उर्तिण भएका छन् ।त्यस्तै आंशिकतर्फ सहभागी १५ सय ७७  परीक्षार्थीमध्ये ५ सय ८ जना उर्तिण भएका छन् ।  

जसमध्ये प्रथम श्रेणीमा २८ जना , द्वितीय श्रेणीमा ३ सय ९१ जना र तृतिय श्रेणीमा ८९ जना गरी जम्मा आंशिक तर्फ ३२ प्रतिशत विद्यार्थी उतिर्ण भएको शिक्षा कार्यालयले जानकारी दिएको छ । परिक्षामा सहभागी मध्ये  ७ जनाको  परीक्षा स्थगीत  गरिनुका साथै  १ जना परीक्षार्थीको परीक्षा रद्ध भएको जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी ठुलोबाबु दाहालले जानकारी दिए । उनका अनुसार ४३ जनाले परिक्षार्थी परीक्षामा अनुपस्थित भएका थिए ।