Live Streaming

रकम दुरुपयोग भए कारवाही हुन्छ : प्रधानमन्त्री

काठमाडौं, ६ असार । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितहरुका लागि आएको रकम दुरुपयोग गर्नै जो कोहीलाई कारवाही गर्ने दाहो¥याउनु भएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको रकम दुरुपयोग हुन नदिने बताउदै उहाँले राहत र सहयोगका लागि निकासा भएको रकम र सामग्री वितरण न्यायोचित हुनुका साथै सहयोग सदुपयोगमा सरकार सजग रहेको स्पष्ट पार्नुभयो ।

बालुवाटारमा आज बिहान विभिन्न संस्था तथा व्यक्तिबाट सहयोग ग्रहण गर्दै उहाँले अनियमितता गरेको पाइए मन्त्रीहरुलाई समेत कारवाही गर्ने चेतावनी दिनुभयो । भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्न चाहनेहरुलाई प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरी सम्बन्धित क्षेत्रमा काम गर्न प्रधानमन्त्री कोईरालाको आग्रह थियो ।  


सो अवरसरमा नेपाल वित्तीय संस्था संघबाट १५ लाख, महर्षि विश्वविद्यालयबाट ११ लाख, नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेण्ट्सले(नाट्टा) बाट ५ लाख, अमेरिकामा बस्ने नम्रता बराल र नवीन वाँस्कोटाबाट ६ लाख, टेवा र नागरिक आवाजबाट ५ लाख, ओशोधारा संघको ५ लाख रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेका छन् ।


यसैगरी गण्डकी बोर्डिङ्गका पूर्व विद्यार्थीहरुको संस्था एग्बोसा बाट १ लाख ११ हजार, अमेरिकाको चर्च स्ट्रिट इलिङ्गटन अवस्थित सुवेदी एण्ड सन्स एलएलसी, डिबीए इजी मार्टबाट २ लाख १० हजार रुपैया, अविच्छिन्न बचत तथा ऋण सहकारी संस्थाबाट १ लाख ११ हजार रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेका छन् । वालुवाटारमा बिहान प्रधानमन्त्री कोईरालालाई भेटी उनीहरुले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।