Live Streaming

​अदालतको आदेशले संविधान रोकिन्न: नेम्बाङ्ग

काठमाडौं, ६ असार । संविधानसभा अध्यक्ष सर्वोच्च अदालतको अन्तरिम आदेशले संविधान निर्माण कार्य नरोकिने बताउनुभएको छ । संविधानसभामार्फत संविधान निर्माण गर्नु जनचाहाना भएकाले सर्वोच्चले त्यसलाई रोक्न नसक्ने उहाँको भनाइ थियो । 


पोखरामा आज आयोजित विनाशकारी भुकम्पबाट क्षतिग्रस्त पर्यटन क्षेत्रको उत्थान, विकास एवं प्रवद्र्धनमा गरिनुपर्ने सुधारहरु विषयक कार्यशालाको उद्घाटनपछि सञ्चारकर्मीसँग अध्यक्ष नेम्बाङ्गले सर्वोच्चको आदेशप्रति आश्चर्य व्यक्त गर्नुभयो ।

जनताको चाहानाअनुसार नै दलहरुले १६ बुँदे सहमति गरेको दावी गर्दै उहाँले दलीय सहमतिकै आधारमा संविधान निर्माण अगाडि बढ्ने उल्लेख गर्नुभयो । व्यवथापिका संसदको विकास समिति, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटन बोर्डको संयुक्त आयोजनामा सुरु गोष्ठी तीन दिनसम्म चल्नेछ ।