Live Streaming

सुनसरीमा पाँंच विद्यालयको नतिजा शुन्य

रत्नप्रसादआचार्य

धरानः विद्यार्थीको पढाइलाई उत्कृष्ठ मानिदै आएको निजि विद्यालयको समेत यस वर्षको एसएलसी परीक्षाको नतिजा शुन्यमा जmरेको छ । सुनसरीबाट दुई निजि विद्यालयको नतिजा शुन्य रहेको छ । सदरमुकाम इनरुवास्थित सुनसरी बालिका मावि र वल्र्ड भिजन माविको एसएलसीको नजिता शुन्य रहेको हो ।

हजारौ खर्च गरेर निजि विद्यालयको पठाइ राम्रो हुने भन्दै अभिभावकले दुवै विद्यालयमा आफना नानीहरुको भर्ना गरेका भए पनि एसएलसीको नतिजामा विद्यालययले नील खाएपछि इनरुवाका अभिाभावक चिन्तित भएका छन् । सरकारीतर्फ सोभनपुरको राष्ट्रिय मावि, श्रीपुर जब्दीको राष्ट्रिय मावि, मधेलीको मजदुर किसान मावि र भरौल गाविसको सरस्वती माविको नजिता शुन्य रहेको सुनसरीका जिल्ला शिक्षा अधिकारी रुद्र दुलालले बताए ।

यता सरकारी विद्यालयतर्फ धरानको पूर्वाञ्चल ज्ञान चछु विद्यालयले सत प्रतिशत नतिजा निकालेको छ । यस विद्यालयबाट एसएलसी दिएका नौजना दृष्टिबिहीन विद्यार्थीले प्रथम श्रेणीमा उत्तीणर््ा भए । सुनसरीका निजि विद्यालयमध्ये धरानको विजयपुर उच्च मावि, मेरिल्याण्ड बोडिङ स्कृल, डिपोट उच्च मावि, युरेका उच्च मावि, विष्णु उच्च माविलगायतका जिल्लाका ४२ निजि विद्यालयको सतप्रतिशत नतिजा निकालेका छन् ।

७ हजार ८४ विद्यार्थीले यस पटकको एसएलसी परीक्षा दिएकोमा नियमिततर्फ एक हजार ४ सय २४ जनाले उत्र्तिण गरेको जिल्ला शिक्षा अधिकारी दुलालले बताएका छन् । उनकाअनुसार सरकारी विद्यालयका १६ जनाले विशिष्ठ श्रेणी, तीनसय प्रथम श्रेणीा र एक हजार १२ जना दोस्रो र ९६ जना तेस्रो श्रेणीमा उत्र्तिण भएका छन् । निजि विद्यालयबाट ४ हजार ४ सय १७ विद्यार्थीले परीक्षा दिएकोमा ३ हजार ८ सय ११ जनाले मात्र एसएलसी उत्र्तिण गरेका छन् ।

जसमध्ये तीन सय १५ जनाले विशिष्ठ , २ हजार ७ सय चार जानप्रथम र ७ सय ८६ दोस्रो र ६ जनाले तेस्रो श्रेणीमा उत्तिर्ण भएका छन् । एक्जाम्टेटतर्फ सुनसरीबाट ३ हजार तीन सय ४२ जनाले एसएलसी दिएकोमा एक सय ७१ जनाले मात्र उत्र्तिण गरेका छन् । प्राविधिकतर्फ २६ जनाले सुनसरीबाट एसएलसी दिएका थिए । प्राविधिकतर्फको नतिजा निस्कन अझै एक हप्ता लाग्ने परीक्षा नियन्त्रक कार्यालय भक्तपुरले जनाएको छ ।