Live Streaming

अनुगमन टोलीले कुहिएको र किरा परेको दाल भेटायो

काठमाडौं, ६ असार । व्यवस्थापिका संसदको अनुगमन टोलीले बाँकेको खजुरास्थित विश्व खाद्य कार्यक्रम डब्लुएफपीको गोदाममा अखाद्य दाल फेला पारेको छ । टर्कीबाट खरिद गरेर भारतीय ठेकेदारमार्फत नेपाल ल्याइएको ५ सय १४ मेट्रिक टन खेसरीको दाल कुहिएको अवस्थामा भेटिएको हो ।

टोलीले आज बिहान गरेको अनुगमनका क्रममा भण्डार गरिएको दाल किरा परेको र कुहिएको अवस्थामा भेटाएको थियो । अनुगमनका क्रममा खान नहुने अवस्थाको दाल भेटिएपछि डब्लुएफपीको क्षेत्रीय कार्यालयले दाल फर्काउने प्रतिबद्धता व्यक्त गरेको अनुगमन टोलीका सदस्यहरुले बताएका छन् ।