आज अन्तराष्ट्रिय योग दिवस मनाइँंदै
काठमाडौं,६ असार । पहिलो अन्तर्राष्ट्रिय योग दिवस आज नेपालमा पनि मनाईदैछ । शान्ति र सद्भावका लागि योग’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । राष्ट्रसङ्घको ६९ औं साधारणसभाले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको मान्यता दिएपछि यो वर्षदेखि जुन २१ मा दिवस मनाउन थालिएको हो ।
दिवसका अवसरमा सरकारले विशेष कार्यक्रम गरेको छ । मुख्य सचिव लीलामणि पौडेलले मयूर आसन गरेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो । योगले जीवनलाई उत्कृष्ट बनाउन, तनावलाई कम गर्न, चित्त सफा तुल्याउन र संस्कार संस्थापित गर्न योगदान पु¥याउँने बताउँदै शारीरिक र मानसिक स्वस्थ्य रहनका लागि योग गर्न सबैलाई आग्रह गर्नुभयो । यसअघि नेपालले प्रत्येक वर्ष पुस १३ गते राष्ट्रिय योग दिवस मनाउने गरेको थियो ।
जुन २१ लाई अन्तराष्ट्रिय योग दिवसका रुपमा मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्रसंघले अनुमोदन गरेपछि योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्रीको सो प्रस्तावलाई विश्वका १ सय ७७ राष्ट्रले समर्थन गरेका थिए ।