प्रमुख दलहरु कानुनी निकासको खोजीमा
काठमाडौं,६ असार । सर्वोच्च अदालतले १६ बुँदे सहमति कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि प्रमुख दलहरु भने कानूनी निकासको खोजीमा जुटेका छन् । सर्वोच्चले गत शुक्रबार १६ बुँदे सहमति अन्तरिम संविधान विपरित भएको भन्दै कार्यान्वयनमा रोक लगाएपछि दलहरु आन्तरिक छलफलमा जुटेका हुन् ।
यद्यपी शुक्रबार नै साँझ बसेको प्रमुख चार दलको बैठकले सर्वोच्चको आदेश संविधानसभाको विशेषाधिकार विपरित रहेको निश्कर्ष निकाल्दै अवज्ञा गर्ने निश्कर्ष निकालेको थियो । कानून व्यवसायीहरुसँग लगातार छलफलमा रहेका दलहरुले आज भोली नै आदेश पुनरावलोकनका लागि सर्वोच्चमा निवेदन दिने तयारी गरेका छन् । त्यसका लागि छलफल भइरहेको नेताहरुको भनाइ छ ।