Live Streaming

कृषि क्षेत्रमा २० मिलियन डलर बराबर क्षति

काठमाडौं,६ असार । बिनाशकारी भुकम्पका कारण नेपालको कृर्षि क्षेत्रमा २० मिलियन डलर बराबरको क्षति भएको बिश्ब खाद्य तथा कृर्षि संगठन एफ ए ओले जनाएको छ । उसले सार्वजनिक गरेको प्रतिवेदनमा केहि दिनभित्रै पीडित जनतासमक्ष आवश्यक खाद्यान्न पुर्याउन नसके ठूलो समस्या पुग्ने समेत उल्लेख गरेको छ ।

उसले नेपालको कृषि क्षेत्रको पुर्ननिर्माणका लागि २३ दशमलब ४ मिलियन डलर आवश्यक रहेको समेत बताएको छ । खाद्यान्न संकट समाधानका लागि नेपाल सरकार र सम्बन्धित निकायहरुले यथासक्य व्यवस्था नगरे अवस्था अझ भयावह हुने एफ ए ओको चेतावनी छ ।