Live Streaming

​विशेष समितिको बैठक अपरान्ह बस्दै

काठमाडौं,६ असार । व्यवस्थापिका संसदअन्तर्गतको राष्ट्रिय विपत व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिको बैठक आज अपरान्ह बस्दैछ । सिंहदरबारमा अपरान्ह ४ बजेका लागि बोलाइएको बैठकमा आगामी बिहीबार हुने दाता सम्मेलनको तयारीबारे जानकारी दिन समितिले सम्बन्धित मन्त्रीहरुलाई बोलाइएको छ ।

विभिन्न ४२ मुलुक तथा दातृ संस्थाका प्रतिनिधिहरु सहभागी हुने तय भएको सम्मेलनबारे विशेष समितिले अर्थमन्त्री रामशरण महत र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई बोलाइएको संसद सचिवालयले जनाएको छ । बैठकमा दातृनिकायहरुबीच प्रस्तुत हुने एजेण्डा, त्यसको कार्यविधि, भुकम्पपछिको पुर्ननिर्माण र पुर्नस्थापनामा अन्तराष्ट्रिय क्षेत्रसँग आग्रह गर्ने सहयोगबारे सम्बन्धित मन्त्रीसँग समितिले जानकारी लिने भएको हो ।