मस्यौदा लेखन जारी
काठमाडौं,६ असार । सर्वोच्च अदालतले १६ बुँदे सहमति कार्यान्वयनमा तत्कालका लागि रोक लगाएपनि भावी संविधानको पहिलो एकीकृत मस्यौदा लेखन आज पनि जारी छ । मस्यौदा समितिका सभापति कृष्ण सिटौलाको संयोेजकत्वमा गठन भएको कार्यदलको बैठक अहिले सिंहदरवारमा बसिरहेको छ ।
कार्यदलले सम्पूर्ण बिषयमा मस्यौदाको खाका तयार पारेपछि मस्यौदा समितिको पूर्ण बैठकमा प्रस्तुत गर्नेछ । पछिल्ला केही दिनदेखि लगातार बसिरहेको ९ सदस्यीय कार्यदलको बैठकले सहमति जुटेका बिषयलाई अन्तिम रुप दिदै मस्यौदा लेखनलाई गति दिएको समिति सचिव रबि शर्मा अर्यालले जानकारी दिनुभयो ।