Live Streaming

​एक्सरे गर्न दुई दिनको बाटो

मुगु, ४ असार । मुगु जिल्ला अस्पताल ठिनीमा रहेको एक्सरे मेसिन पाँच महिनादेखि  बिग्रीएर थन्किए पछि साधा एक्सरे गर्नलाई बिरामीहरु दुई दिन हिंडेर जुुम्ला जान बाध्य भएका छन् । २०६५ सालमा ल्याएको साधा एक्सरे मेसिन फागुन महिनाबाट बिग्रीएर थन्किए पछि अहिलेसम्म मर्मत नुहुँंदा सामन्य एक्सरे गर्न  बिरामी दुई दिन हिंडेर जुम्ला जानु परेको हो ।

जिल्ला अस्पतालमा रहेको भिडियो एक्सरे पनि एक सातादेखि बिग्रीएको छ । साधा एक्सरेको ३ सय ५० शुल्क लिने गरेको भएपनि अहिले निजी अस्पतालमा ८ सय ५० तिरेर सेवा लिने गरेका बिरामी निजी अस्पतालको मेसिन समेत बिग्रेपछि  एक्सरे गर्नलाई दुई दिनको बाटो हिडेर जुम्ला जाने गरेका छन् ।