मुम्बईमा बाढीको खतरा
एजेन्सी । लगातारको बर्षापछि भारतको ब्यबसायिक राजधानी मुम्बईमा बाढिको खतरा बढेको छ । लगातारको बर्षा नरोकिएपछि सडकहरुमा पानीको मात्रा बढेको छ भने त्यहाँंको रेल सेवा समेत अवरुद्ध भएको छ । भारी वर्षा रोकिने संकेत नभएपछि त्यहाँ नदी आसपासका सर्वसाधारणलाई अन्यत्र सार्न सुरु गरिएको छ ।
वर्षाकै कारण जुहु विमानस्थल पनि आज बिहानैबाट बन्द गरिएको छ । अधिकारीहरुका अनुसार बाढीको खतराका कारण त्यहाँंका १ सय ५० भन्दा बढी बिद्यालयहरु पनि बन्द गरिएको छ । दशकयताकै उच्च वर्षा भएपछि मुम्बई प्रवेश गर्ने दर्जनौ सडकहरु पनि अवरुद्ध भएको भारतीय अधिकारीहरुलाई उदृत गर्दै टाईमस अफ ईण्डियाले जनाएको छ ।