Live Streaming

एसएलसीको नतिजा प्रकाशित, ४७.४३ प्रतिशत उत्तीर्ण

गत वर्ष लिइएको प्रवेशिका परीक्षा एसएलसीको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सार्वजनिक गरेको नतिजा अनुसार यो वर्ष  ४७.४३  प्रतिशत परिक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यो वर्षको एसएलसीमा ५३.९४ प्रतिशत छात्र र ४४.९६ प्रतिशत छात्रा उत्तीर्ण भएका छन् ।

त्यसैगरी २१ हजार २ ४७ जना डिस्टिङ्सन ल्याइ उत्तीर्ण भएका छन् । १२ हजार ४ सय २६ पुरुष र ८ हजार ८ सय २१ महिला परीक्षार्थीले डिस्टिङ्सन ल्याएका छन् । ९० हजार १ सय ७६ जना परीक्षार्थी फस्ट डिभिजन ल्याउँदै उतीर्ण भएका छन । जसमा ५२ हजार ५ जना छात्र र ३८ हजार एक सय ७१ छात्रा रहेका छन् ।


यो वर्ष गत वर्षभन्दा ४ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएका हुन् । गत वर्ष ४३.९२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । गत वर्षको एसएलसी (प्रवेशिका) परीक्षामा नियमिततर्फ ३ लाख ९४ हजार ९ सय ३३ ले परीक्षा दिएकामा १ लाख ७३ हजार ४ सय ३६ उत्तीर्ण भएका थिए । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले एसएलसीको नतिजा एस एम एस, आइभीआर र वेबसाइटमा  थाहा पाउन सकिने जानकारी दिनुभयो । परीक्षा नियन्त्रक द्वारेले इन्टरनेटबाट हेर्न नसक्नेहरुले एसएमएसबाटै परिणाम थाहा पाउन सकिने बताउनुभयो । ’

नतिजा थाहा पाउन आफ्नो मोबाइलको म्याजेज बक्समा क्ीऋ लेखेर एक स्पेस दिएपछि सिम्बोल नम्बर लेखी  १६००,५००१, ५२२५, ५५६६, ४९४९ र  ७६७६ मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिन्छ । त्यस्तै  नेपाल टेलिकमको १६०० मा फोन गरेर पनि नतिजा जान्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 


एसएलसीको परिणाम शिक्षा मन्त्रालयको वेवसाइट धधध।mयभ।नयख। लउ मार्फत पनि थाहा पाउन सकिने सुविधा छ । त्यसैगरी अन्य सरकारी साइटहरुमा शिक्षा विभागको वेवसाइट धधध।मयभ।नयख।लउ र परीक्षा नियन्त्रण कार्यालयकै वेबसाइट धधध।कयअभ।नयख। लउ बाट पनि नतिजा जान्न सकिने छ ।त्यसैगरी नेपाल टेलिकमको वेबसाइट धधध।कअि।लतअ।लभत।लउ मा गएर पनि एसएलसीको नतिजा थाहा पाउन सकिनेछ ।

यसैबीच, परीक्षा नियन्त्रण कार्यालयले मौका परीक्षाको समय तालिका पनि सार्वजनिक गरेको छ । कार्यालयका अनुसार साउन २० देखि २७ गतेसम्म मौका परीक्षा नियन्त्रक द्धारेले जानकारी दिनुभयो ।